Matra Education आइतबार, साउन १० २०८३

आयोगद्धारा अध्यापन अनुमतिपत्र सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

आयोगद्धारा अध्यापन अनुमतिपत्र सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र १३ २०७९


काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले शैक्षिक योग्यता र तालिम प्राप्त नलिएका व्यक्तिहरुको अध्यापन अनुमतिपत्र स्वत: रद्द हुने जनाएको छ । आयोगले आज एक सूचना जारी गर्दैै यस्तो बताएको हो ।

विभिन्न समयमा भएका विज्ञापनहरुमा उत्तीर्ण भएका र अध्यापन अनुमति पत्र लिएका व्यक्तिहरुले आयोगले तोकेको समयभित्र तालिम प्राप्त नगरेको भए स्वत रद्द हुने जनाएको हो ।

आयोगले अध्यापन अनुमतिपत्र वितरण गर्ने प्रायोजनका लागि विभिन्न समयमा भएका विज्ञापनहरु उत्तीर्ण भई सशर्त अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्ति र अनलाइन आवेदन फाराम भर्दा रित नपु¥याएका भए पनि प्राविधिक कारणवश अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भई शिक्षा विकास निर्देशनालय वा शिक्षा विकास तथा समन्वय इकाइबाट अध्यापन अनुमति वितरण समेत भैसकेको व्यक्तिहरुले आयोगले तोकेको समयभित्र तालिम प्राप्त नगरेको भए स्वत रद्द हुने पनि जनाएको छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६ घ को उपनियम (३) अनुसार २०६६र०६७ सालमा प्रकाशित विज्ञापन नम्बर १६र२०६६, १७र२०६६, १८र२०६६ क्रमशः मावि, निमावि र प्रावि तहको अध्यपान अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुलाई आयोगले २०६७र०९र३० गतेको निर्णय अनुसार वितरण भएका अध्यपान अनुमतिपत्रको हकमा २०७५ कार्तिक २२ गतेसम्म तालिम प्राप्त नगरेको भए त्यस्ता अध्यापन अनुमतिपत्र स्वत रद्द हुने आयोगको सूचनामा उल्लेख छ । त्यस्तै तोकिएको समयभित्र तालिम प्राप्त गरेकाको हकमा २०८० असार मसान्त सम्ममा स्थायी रुपान्तरण गरिसक्नुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी २०७६र०७७ सालमा प्रकाशित विज्ञापन नम्बर ३५र०७६ अनुसार तत्कालीन उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि सञ्चालन भएको माध्यमिक तहको विषयगत अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएका व्यक्तिहरुलाई २०८१ चैत मसान्तसम्म तालिम पुरा गर्नुपर्ने छ ।

अन्य विषयका हकमा भने शिक्षक सेवा आयोग नियमावली ,२०५७ को नियम ९ को उपनियम (७),(८),र (९) बमोजिम हुने आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड