Matra Education बुधबार, भाद्र २४ २०८३

आन्दोलनबाट प्राप्त उपलब्धि, यति धेरै स्थानीय तहले बढाए तलब

आन्दोलनबाट प्राप्त उपलब्धि, यति धेरै स्थानीय तहले बढाए तलब

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज २९ २०७८


काठमाडौँ- सरकारले तोकेबमोजिम प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब नदिएको भन्दै देशभर अहिले आन्दोलन भइरहेको छ । स्थानीय तहले तलब निकासा नगरेको भन्दै देशभरका शिक्षक र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् । सरकारले गत जेठ १५ गते घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबसम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरूले आन्दोलन चर्काएका हुन् ।

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ ।

यसरी आन्दोलन भइरहँदा केही स्थानीय तहले भने तलब थप गरेर दिँदै निर्णय कार्यान्वयन गरेका छन्। यस्ता विभिन्न निर्णयबारे मात्र एजुकेसनले तपाईँलाई अपडेट गराउँदै आइरहेको छ। त्यस्तै आज अरू केही खुसीको खबर प्राप्त भएको छ।

प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको निरन्तर आन्दोलनपछि स्थानीय तहले तलब दिन सुरु गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षक र कर्मचारीलाई दसैँको बेला पारेर तलब दिएको छ । सङ्घीय सरकारले निर्धारण गरेको तलबमा थप गरेर दिएको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार विद्यालय कर्मचारीलाई ७००० र इसीडी शिक्षकलाई १५००० दिइएको छ ।

त्यसै गरी स्याङ्जाको फेदिखोला गाउँपालिकाले पनि शिक्षक र कर्मचारीलाई थप गरेर तलब दिएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका र दैलेखको दुल्लु नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई थप तलब उपलब्ध गराएको छ । यी बाहेक पनि अन्य धेरै स्थानीय तहले तलब थप गरेर दिएका छन् भने केही स्थानीय तहहरू अझै पनि आल टाल गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड