Matra Education बिहिबार, कार्तिक १२ २०८३

आजबाट खुल्दै शैक्षिक संस्थाहरु, १२ वर्ष मुनिकालाई इन्टरनेटबाट पढाइने

आजबाट खुल्दै शैक्षिक संस्थाहरु, १२ वर्ष मुनिकालाई इन्टरनेटबाट पढाइने

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन १ २०७८


काठमाडौं- कोरोना महामारीको तेस्रो चरणमा बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालनमा आउने भएका छन्।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा उपत्यकाका प्रशासन सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार आइतबारदेखि शैक्षिक संस्थाहरु सहित होटल, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय सञ्चालनमा आउने भएका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरसमेतको निर्णय अनुसार शैक्षिक संस्था खुलाउने र रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ।

‘पहिले बन्द गरिने भनिएका कुराहरू अब विस्तारै खोल्ने निर्णय भएको छ,’ रिजालले भने, ‘तेस्रो चरणको कोरोनाको संक्रमण कम भएसँगै हामीले कडाइमा न्यूनीकरण गरेका छौं।’

उनका अनुसार अब शैक्षिक संस्थामा १२ वर्षमुनिका विद्यार्थीका लागि इन्टरनेटबाटै शिक्षणको गतिविधि सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। १२ वर्षमाथिका विद्यार्थीका लागि स्कुलमै गएर अध्ययन गर्ने गरी व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड