Matra Education बिहिबार, कार्तिक १२ २०८३

अपेनले गर्‍यो यति ठुलो घोषणा, सम्पूर्ण शिक्षक कर्मचारी लाभान्वित हुने

अपेनले गर्‍यो यति ठुलो घोषणा, सम्पूर्ण शिक्षक कर्मचारी लाभान्वित हुने

  • मात्र एजुकेशन
  • शनिबार, मंसिर २५ २०७८


काठमाडौँ-  मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन अपेनले आफ्ना सदस्यहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिवार काठमाडौँको गोकर्णेश्वरमा आयोजित एक दिने शिक्षिका तालिम तथा अभिमुखीकरण कार्यक्रम पश्चात् यस्तो घोषणा गरिएको हो। मण्टेश्वरी भर्ना हुने विद्यार्थीहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षण सिकाई गराउनका लागि आफ्ना सदस्य विद्यालयका शिक्षक/शिक्षिकाहरू सक्षम होउन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा अपेन गोकर्णेश्वर नगर अध्यक्ष प्रकाश अधिकारीले बताए। नयाँ विधि र प्रविधिको विकास सँगै शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षक तालिम आवश्यक पर्छ र त्यसले मात्रै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सक्छ भन्नेमा अपेन सदैव सजग रहेको उनको भनाइ छ।

गोकर्णेश्वर नगरभित्रका विभिन्न मण्टेश्वरी स्कुलका प्रिन्सिपल तथा शिक्षिकाहरूको उपस्थिति रहेको तालिम कार्यक्रममा अनुभवी प्रशिक्षक द्वय सम्झना बस्नेत र कुमुद भट्टले प्रशिक्षण गराएका थिए।

कार्यक्रम पश्चात् मात्र एजुकेसनसँग कुरा गर्दै अपेन बागमती प्रदेश अध्यक्ष कृष्णकुमार बोहराले शिक्षक शिक्षिका स्वस्थ भए मात्रै गुणस्तरीय शिक्षा दिने अपनको सोच पुरा हुन सक्ने भएकाले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन लागिएको बताए। उनले भने,  “सकेसम्म रोग नै नलागोस् भन्ने हाम्रो चाहना हो तर लागिहालेको खण्डमा पनि कोही त सँगै साथ छ भन्ने आभास दिलाउनका लागि हामीले यो कार्यक्रम ल्याएका हौ।” कार्यक्रम सञ्चालन गर्नका लागि अपेनले आफ्नै कोष परिचालन गर्ने पनि उनले बताए।

पछिल्लो समय नेपालमा पनि शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँ शैली अपनाइएको पाइन्छ । बाल मनोविज्ञान अनुसारको शिक्षण सिकाई गर्नका लागि बालबालिकाको शिक्षामा मन्टेश्वरी विधिलाई प्रयोगमा ल्याइएको हो । बालबालिका, अभिभावक र स्कुल व्यवस्थापकहरू बिच प्रभावकारी रूपमा सम्बन्ध स्थापित गराउँदै शिक्षण सिकाइ लाई रोचक र अर्थपूर्ण बनाउने यी प्रि स्कुलहरूको साझा सङ्गठन हो अपेन। संस्थाले संस्थागत रूपमा मन्टेश्वरी स्कुलहरूको हकहित र नीति निर्माण तहमा समेत पैरवी गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड