Matra Education आइतबार, साउन १० २०८३

विश्वस्तरीय शिक्षण पद्धति भित्र्याउँदै विद्यालय शिक्षा बदल्ने टेक्सासको अभियान

विश्वस्तरीय शिक्षण पद्धति भित्र्याउँदै विद्यालय शिक्षा बदल्ने टेक्सासको अभियान

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र २९ २०८२


काठमाडौँ- मित्रपार्क चाबहिल स्थित, टेक्सास इन्टरनेसनल कलेजले शैक्षिक क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र समयानुकूल बनाउने उद्देश्यसहित “२१औँ शताब्दीको विद्यालय निर्माणका लागि रूपान्तरणकारी नेतृत्व” विषयक विशेष कार्यक्रम सम्पन्न गरेको छ।

गत शुक्रवार कलेजको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा देशभरका विद्यालयका प्रधानाध्यापक, कोअर्डिनेटर, इन्चार्ज लगायत शैक्षिक नेतृत्वकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। करिब २०० जना शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा शिक्षण पद्धति, विद्यालय नेतृत्व तथा विश्वमा विकास भइरहेका नवीनतम शैक्षिक अवधारणाबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसे प्रमुख अतिथिका रूपमा सहभागी थिए भने प्रसिद्ध शिक्षाविद् मेदिन लामिछाने स्रोत व्यक्तिका रूपमा उपस्थित थिए। त्यसै गरी टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेषराज पोखरेल, ‘चिफ अफ एकेडेमिक्स’ प्रा. डा. गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक डा. श्याम सुन्दर श्रेष्ठ,  सह-प्रधानाध्यापक युवराज बस्नेत, ‘बिजनेस डेभलपमेन्ट डिरेक्टर’ नारायण पोखरेल, विद्यालय संयोजक लेखराज घिमिरे लगायत टेक्सासका प्रशासकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम बारे मात्र एजुकेसनलाई जानकारी दिँदै टेक्सास इन्टरनेसनल कलेजका प्रधानाध्यापक डा. श्रेष्ठले विश्वका विकसित मुलुकहरूमा प्रयोग भइरहेका आधुनिक शैक्षिक विधि, प्रविधि र सिकाइ पद्धतिहरूलाई आत्मसात् गर्दै नेपालको शैक्षिक क्षेत्रलाई रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताए। उनका अनुसार अबको शिक्षा केवल परम्परागत घोकन्ते प्रणालीमा सीमित नरही विद्यार्थीको सृजनशीलता, विश्लेषण क्षमता, नेतृत्व दक्षता र व्यवहारिक सीप विकासमा केन्द्रित हुनुपर्छ। यस्ता अन्तरक्रियात्मक कार्यक्रम मार्फत विद्यालय नेतृत्वकर्ताहरूलाई नयाँ सोच, नयाँ दृष्टिकोण र आधुनिक व्यवस्थापन शैलीतर्फ उन्मुख गराउने लक्ष्य राखिएको उनले बताए।

टेक्सास इन्टरनेसनल कलेजले यस्ता कार्यक्रम मार्फत नेपालको विद्यालय शिक्षालाई २१औँ शताब्दी सुहाउँदो, नवप्रवर्तन मैत्री र रूपान्तरणमुखी बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड