काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन भएको छ। शुक्रवार बसेको सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेको संसदीय समितिमा रहने सदस्यहरूको नामलाई सभाले स्वीकृत गरे सँगै विभिन्न समितिहरू गठन भएका हुन्। त्यसमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पनि रहेको छ।
संसदीय समिति सभापतिको निर्वाचन भने चालू अधिवेशनमा हुन सकेन । सभामुख अर्यालले आगामी वैशाख ४ गतेका लागि संसदीय समितिको सभापतिको निर्वाचन घोषणा गरेका छन् ।
हिजो गठन भएको शिक्षा समितिमा २७ जना सांसदहरू रहेका छन्। सांसदहरूको सुची हेर्नुहोस्:
