Matra Education आइतबार, साउन १० २०८३

युनाइटेड एकेडेमीको विज्ञान प्रदर्शनी सम्पन्न

युनाइटेड एकेडेमीको विज्ञान प्रदर्शनी सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, माघ १६ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड एकेडेमीले विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। कक्षा ११ र १२ का विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई समावेश गरेर गत बिहीबार र शुक्रवार दुई दिन कार्यक्रम सञ्चालन गरिएको थियो। एकेडेमीको खेलमैदानमा सम्पन्न उक्त कार्यक्रम विज्ञान सँग सम्बन्धित विभिन्न सामग्रीहरूको निर्माण र प्रदर्शन गर्दै विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो।

विज्ञान प्रदर्शनी कार्यक्रमका लागि विद्यार्थीहरूले आफ्नो क्षमता र रुचि अनुसारको समूह निर्माण गरेर विभिन्न सामग्रीहरू बनाएका थिए। यस्तो समूहमा विज्ञान संकाय भित्र एउटै मूल विषय अध्ययन गर्ने विद्यार्थीहरू पर्ने गरी बनाइएको थियो। विद्यार्थीले बनेका सामग्रीहरू दैनिक जीवनमा प्रयोग हुने देखि विज्ञानका विभिन्न प्रयोग देखाउने, विभिन्न सिद्धान्तको पुष्टि गर्ने आदि थिए। सामग्रीको निर्माण गर्ने विद्यार्थी समूहले उपस्थित आगन्तुकहरू माझ आफूले बनाएको सामग्री र त्यसको विशेषता बारे जानकारी र प्रस्तुतीकरण दिएका थिए।

युनाइटेड एकेडेमीले विज्ञान संकाय अध्ययन गर्ने विद्यार्थीले सिद्धान्त मात्रै पढेर हुँदैन, कारण र परिणाम सहित त्यसलाई पुष्टि गर्ने सामर्थ्य राख्नुपर्छ भन्ने मान्यता अनुरूप विज्ञान प्रदर्शनी राखिएको जनाएको छ। विद्यार्थीहरूले कक्षाकोठामा सिकेका सिप प्रयोगात्मक रूपमै गरेर देखाउन उपयुक्त अवसर दिनुपर्छ भन्ने लागेर पनि विज्ञान प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाई छ। यस किसिमका कार्यक्रमहरूले विद्यार्थीको ज्ञानको दायरा र आत्मविश्वास बढाउने, उनीहरूलाई प्रयोगात्मक सीपहरू दिने र अध्ययन गरेकै विषयमा दक्ष बनाउँदै भविष्यमा सफल बन्नका लागि तयार पार्ने एकेडेमीको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड