Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले माग्यो बढुवाको आवेदन

शिक्षक सेवा आयोगले माग्यो बढुवाको आवेदन

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र ११ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाको विज्ञापन गरेको छ। सोमबार एक सूचना जारी गर्दै आयोगले सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला, तह र श्रेणीमा रिक्त रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्याङ्कनका आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भएकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाको निमित्त सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भर्न सूचित गरेको हो।

सूचना अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) का लागि मिति २०८०/०५/११ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ भने कार्य सम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवा (७५ प्रतिशत) का लागि आयोगबाट निर्धारित दरखास्त फाराम भरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ मार्फत पेस गर्नुपर्नेछ।

आयोगको मिति २०८०/०५/०८ गतेको निर्णयअनुसार सूचना प्रकाशित गरिएको हो । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड