Matra Education सोमबार, साउन ११ २०८३

युनाइटेड कलेजमा आइटी पढ्ने विद्यार्थीले अब ‘आर्टिफिसियल इन्टिलिजेन्स’ पढ्न पाउने

युनाइटेड कलेजमा आइटी पढ्ने विद्यार्थीले अब ‘आर्टिफिसियल इन्टिलिजेन्स’ पढ्न पाउने

  • मात्र एजुकेशन
  • सोमबार, साउन २९ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुर स्थित युनाइटेड कलेजमा आइटी पढ्ने विद्यार्थीले अब ‘आर्टिफिसियल इन्टिलिजेन्स’ पढ्न पाउने भएका छन्। केही दिन अघि कलेजले आइटी सम्बन्धी काम गर्ने टेक एक्सिस नामक कम्पनी सँग सम्झौता गरे सँगै अब कलेजका विद्यार्थीले एआईको अध्ययन सहित आइटी सम्बन्धी विभिन्न कोर्सहरू मार्फत दक्षता हासिल गर्न सक्ने भएका हुन्।

युनाइटेड कलेजका संस्थापक/निर्देशक नरहाङ राई र टेक एक्सिसका प्रमुख कार्यकारी अधिकृत आदर्श पोखरेलले हस्ताक्षर गरेको समझदारी पत्रमा युनाइटेड कलेजका विद्यार्थीहरूले प्राप्त गर्ने शैक्षिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक बनाउँदै आइटी क्षेत्रको अब्बल जनशक्ति बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ। विशेषगरी यो सम्झौता पश्चात् टेक एक्सिसले युनाइटेडका विद्यार्थीहरूलाई व्यावसायिक आइटी प्रशिक्षण दिने, कार्यशालाहरू आयोजना गर्ने, अतिथि विज्ञहरू द्वारा आइटी कक्षा प्रदान गर्ने, परियोजना पर्यवेक्षण गर्ने, इन्टर्नसिप र जागिर नियुक्तिको लागी सहयोग गर्ने लगायतका सेवा प्रदान गर्नेछ।

सम्झौतामा पहिलो सेमेस्टर देखि आठौँ सेमेस्टर पुग्दासम्म गरिने कार्यहरू र त्यसको प्रयोग मार्फत प्राप्त हुने लक्ष्य निर्धारण गरिएको छ। अध्ययन अवधिभर गरिने यस्ता विभिन्न क्रियाकलापहरू मार्फत आइटी क्षेत्रमा रहेको सम्भावना बारे विद्यार्थीलाई बुझाउने, त्यस तर्फ उनीहरूको रुचि जगाउने, बजार सम्भाव्यताको अध्ययन गर्ने र विद्यार्थीलाई बजार सँग जोड्ने लगायतका काम गरिनेछ। त्यस्तै सफ्टवेयर निर्माण देखि ‘आर्टिफिसियल इन्टिलिजेन्स’ सम्मका ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।

सम्झौता पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै युनाइटेड कलेजका संस्थापक/निर्देशक नरहाङ राईले विश्व रोबर्ट र एआईको युगमा प्रवेश गरिसकेको आजको समयमा विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रमले मात्रै अध्ययन पर्याप्त नहुने हुँदा आफ्ना विद्यार्थीको ज्ञानको दायरा अझै विस्तार गर्नका लागि टेक एक्सिस सँग सम्झौता गरिएको बताए। उनले हाल अध्ययनरत र नयाँ आउने विद्यार्थीलाई आइटिको समय सापेक्ष ज्ञान दिएर भोलिको सक्षम जनशक्ति निर्माणका लागि सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। समयको माग र पाठ्यक्रममा समसामयिक परिमार्जन गर्ने क्रममा सम्झौता गरिएको उनको भनाई थियो।

सफलताको २० औँ वर्ष पार गरिसकेको युनाइटेड कलेज उत्कृष्ट शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाका रूपमा परिचित छ। कलेज सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गरी कलेजको वेबसाइटमा जानुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड