Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को नतिजा साउन २९ गतेसम्म प्रकाशित हुने

कक्षा १२ को नतिजा साउन २९ गतेसम्म प्रकाशित हुने

  • मात्र एजुकेशन
  • शनिबार, साउन २७ २०८०


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी २९ गतेभित्र प्रकाशित गर्ने भएको छ । बोर्डले प्राविधिक समस्या उत्पन्न नभएमा सो मितिसम्म सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार अहिले तथ्यांक रुजु गर्ने काम भइरहेको छ । कुनै प्राविधिक कठिनाइ नआए यस वर्षको कक्षा १२ को नतिजा २८ वा २९ गतेभित्र प्रकाशन गर्ने उनले बताए । तर, केही प्राविधिक कठिनाइ आएमा भने एक दुई दिन बढी लाग्न सक्ने उनको भनाई थियो।

कक्षा १२ को परीक्षा दिएका देशभरका ४ लाख ६७ हजार ३०० विद्यार्थी नतिजाको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड