Matra Education आइतबार, साउन १० २०८३

टेक्सस इन्टरनेसनल कलेजले गर्‍यो कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

टेक्सस इन्टरनेसनल कलेजले गर्‍यो कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

  • मात्र एजुकेशन
  • बुधबार, साउन १७ २०८०


काठमाडौँ- चाबहिलको टेक्सस इन्टरनेसनल कलेजले कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधवार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच टेक्ससले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई कलेजको विविध पक्षहरू बारे जानकारी गराएको हो । कार्यक्रममा विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक कार्यक्रम र अभिमुखीकरण सहितको औपचारिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका थिए ।

टेक्सस इन्टरनेसनल कलेजका ‘चिफ अफ एकेडेमिक्स’ प्रा. डा. गोविन्द प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा कलाकारहरू राजाराम पौडेल, शारदा गिरी र सुशील सिटौला रहेका थिए। त्यस्तै उत्प्रेरक वक्ता रविन कटुवाल अतिथिका रूपमा कार्यक्रममा रहँदा टेक्सस कलेजका प्रधानाध्यापक  भेस राज पोखरेल, स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ सहित विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो। कार्यक्रममा टेक्ससका प्राध्यापक र कक्षा ११ मा भर्ना भएका विद्यार्थीका अलावा अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

स्वस्ति वाचन बाट सुरु भएको कार्यक्रममा गायन, नृत्य सहित अन्य विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश थिए। कार्यक्रम सञ्चालक तथा टेक्ससका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले टेक्सस कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराउँदै कलेजमा रहुन्जेल पाउने सेवा सुविधा र पालना गर्नुपर्ने नियमहरूका बारेमा जानकारी गराएका थिए। सँगै प्राध्यापक परिचय कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सस इन्टरनेसनल स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्ससले आफ्नो नारा जस्तै विद्यार्थीलाई पूर्ण मानव बनाउने बताए। आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सिपयुक्त विद्यार्थी उत्पादन गर्नु आफूहरूको लक्ष्य रहेको बताएका उनले मन्टेश्वरी देखि मास्टर्स सम्मकै शिक्षाको लागि संस्था प्रसिद्ध रहेको उल्लेख गरे। श्रेष्ठले कुनै विषयको छनोटले विद्यार्थीलाई सफल बनाउने नभई आफ्नो मेहनत र त्यो विषय प्रतिको धारणाले सफल बनाउने धारणा राखे। उनले संगत गुनाको फल हुने स्मरण गराउँदै उपयुक्त व्यक्तिको मात्रै निकट रहन सुझाव दिए। श्रेष्ठले सबै विद्यार्थीको आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना दिए।

टेक्ससमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूले पनि कार्यक्रममा आफ्नो अनुभव बाडेका थिए। उनीहरूले टेक्सस आफ्ना विद्यार्थीको सर्वपक्षीय विकास गर्ने र अपेक्षा पुरा गर्न सक्ने शैक्षिक संस्था भएको धारणा राखे। कार्यक्रममा उत्प्रेरक वक्ता रविन कटुवालले विद्यार्थीहरूका लागि विशेष प्रस्तुति राखेका थिए भने अतिथि कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सस कलेजका प्रधानाध्यापक भेस राज पोखरेलले आफ्ना विद्यार्थीलाई एसइई सम्मको सफलताको लागि बधाई र आगामी दिनका लागि शुभकामना दिए। टेक्सस छनोट गरेर विद्यार्थीहरूले आफूहरू अब्बल छौँ भनेर प्रमाणित गरिसकेको उल्लेख गरेका उनले विद्यालय जाने उमेर समूहका नौ लाख विद्यार्थी स्कुल बाहिर रहेको अवस्थामा पढ्न पाएको हुँदा ती विद्यार्थी भाग्यमानी भएको टिप्पणी गरे। पोखरेलले कलेज भित्र पालना गर्नुपर्ने नियम, टेक्ससले हालसम्म प्राप्त गरेको सफलता र आगामी योजनाको बारे पनि चर्चा गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड