काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मिति २०८० साल असोज ६ गते सञ्चालन गर्न तोकिएको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) को मिति परिवर्तन गरेको छ।
लोक सेवा आयोगबाट सञ्चालन हुने रा.प. अनङ्कित द्वितीय श्रेणी खरिदार पदको परीक्षाको मितिसँग जुध्न गएको भन्दै आयोगले उक्त परीक्षा मिति २०८० असोज १३ गते शनिवार तोकिएकै स्थान र समयमा सञ्चालन गर्ने गरी सारेको छ।
आयोगको मिति २०८०/०४/१५ को निर्णयअनुसार परीक्षा मिति सारिएको हो।
