Matra Education आइतबार, साउन १० २०८३

अपेन बुढानीलकण्ठको कर्मचारी तालिम सम्पन्न

अपेन बुढानीलकण्ठको कर्मचारी तालिम सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, साउन १५ २०८०


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को बुढानीलकण्ठ नगर कमिटिले कर्मचारीहरूका लागि एक दिने तालिम सम्पन्न गरेको छ। गत शनिबार आयोजित तालिममा मन्टेश्वरी स्कुलहरूमा कार्यरत ५३ जना कर्मचारी (नन टिचिङ स्टाफ) हरू सहभागी थिए।

अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा थ्री स्टार टिचर एजुकेसन सेन्टरका वरिष्ठ प्रशिक्षक मान बहादुर राई र उनको टिमले तालिम प्रदान गरेको थियो । अपेन बु.न.पा.की कार्यसमिति सदस्य सम्झना केसीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अपेन केन्द्रीय कोशाध्यक्ष तथा अपेन बु.न.पा सल्लाहकार कमला ढकाल, अपेन केन्द्रीय सदस्य तथा अपेन बु.न.पा वरिष्ठ उपाध्यक्ष विनोद थापा अतिथिका रूपमा रहेका थिए ।

तालिम पश्चात् बु.न.पा भित्रका मन्टेश्वरी प्रि स्कुलहरूमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि भई शैक्षिक गुणस्तर समेत वृद्धि हुने अपेन बुढानीलकण्ठका अध्यक्ष घिमिरेले मात्र एजुकेसनलाई बताए। उनले आफूहरूले यस्ता रचनात्मक कार्यक्रमहरू आगामी दिनहरूमा पनि जारी राख्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड