Matra Education आइतबार, साउन १० २०८३

मंगलबार संघीय शिक्षा ऐन मन्त्रिपरिषद्ले पारित गर्ने

मंगलबार संघीय शिक्षा ऐन मन्त्रिपरिषद्ले पारित गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, साउन १४ २०८०


काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय शिक्षा ऐन मंगलबार मन्त्रिपरिषद्ले पारित गर्ने बताएका छन्। आज समाजवादी मोर्चा द्वारा समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्नका लागि आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। दाहालले ऐन बन्नु निकै गुणात्मक कदम हुने र यसले हाल शिक्षा क्षेत्रमा देखा परेका थुप्रै समस्याहरूलाई समाधान गर्ने विश्वास समेत व्यक्त गरेका छन्। यही संसद्ले संघिय शिक्षा ऐन पारित गर्ने दाहालको भनाई थियो।

प्रधानमन्त्री प्रचण्डले लामो समय देखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पनि मंगलबार सम्म दिने प्रतिबद्धता व्यक्त गरे। उनले तत्कालीन नेकपा सरकारले उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा पनि गुनासो गरे। धेरै अगाडी तयार भएर पनि यसरी सार्वजनिक नगरिएको र हराएको उक्त प्रतिवेदन खोजेर आफूले चाडै सार्वजनिक गर्ने उनले बताए। शिक्षा क्षेत्रमा जहाँ जहाँ जे जे खालि भए पनि अब छिटै पदपूर्ति गर्ने बाचा गरेका दाहालले समाजवादको स्थापना शिक्षा क्षेत्रको सुधार बाटै हुने हुँदा समाजवादी शिक्षाको सुरुवात गर्ने पनि उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड