Matra Education आइतबार, साउन १० २०८३

गिनिज वर्ल्ड रेकर्ड राखेका विष्टको रोजाई मनास्लु वर्ल्ड कलेज

गिनिज वर्ल्ड रेकर्ड राखेका विष्टको रोजाई मनास्लु वर्ल्ड कलेज

  • मात्र एजुकेशन
  • आइतबार, साउन १४ २०८०


काठमाडौँ- विश्व कीर्तिमानी सौगात विष्टले आफ्नो अध्ययनका लागि चाबहिल स्थित मनास्लु वर्ल्ड कलेज रोजेका छन्। सन २०१४ मा ७ वर्ष ३४० दिनको उमेरमा “लभ यु बाबा” नामक चलचित्र निर्देशन गरेर विश्वको सबैभन्दा कान्छो निर्देशकको रूपमा विष्टले विश्व कीर्तिमान राखेका थिए।

मनास्लुले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्नका लागी पूर्ण छात्रवृत्ति दिएको छ। कलेजका प्रिन्सिपल राजन श्रेष्ठले राष्ट्रिय प्रतिभा भएकोले पूर्ण छात्रवृत्ति दिएर भर्ना गरिएको बताए। मनास्लु वर्ल्ड कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त क्रियाकलापका क्षेत्रहरू (खेलकुद, गायन, नृत्य) तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरूलाई स्थापनाकाल देखि नै ५० % देखि १०० % सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान् विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी दिए ।

हजारौँको रोजाइमा रहेको मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकी संकायमा अध्ययन अध्यापन गराइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड