Matra Education आइतबार, साउन १० २०८३

अपेनको आयोजनामा ‘प्रारम्भिक बाल्यावस्था शिक्षा अध्ययन तथा मलेसियाका प्रि-स्कुल भ्रमण’ हुने

अपेनको आयोजनामा ‘प्रारम्भिक बाल्यावस्था शिक्षा अध्ययन तथा मलेसियाका प्रि-स्कुल भ्रमण’ हुने

  • मात्र एजुकेशन
  • बिहिबार, साउन ११ २०८०


काठमाडौँ- मन्टेश्वरी तथा प्रि-स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले ‘प्रारम्भिक बाल्यावस्था शिक्षा अध्ययन तथा मलेसियाका प्रि-स्कुल भ्रमण’ आयोजना गर्ने भएको छ। ४० जना अपेन सदस्यहरू सहभागी रहने उक्त भ्रमणमा अपेन सदस्यहरूका लागि वर्कसप पनि राखिएको छ। तिन दिने उक्त भ्रमण अगस्ट २५ देखि सेप्टेम्बर १ तारिख सम्म रहनेछ।

अपेन महासचिव कृष्ण कुमार बोहराका अनुसार मलेसियाको ‘ओपन युनिभर्सिटी मलेसिया’ ले वर्कसपको आयोजना गर्ने छ भने स्टडी प्लस नेपालले टुरको आयोजना गर्ने छ। सीमित सिटका लागि मात्र कार्यक्रम आयोजना गरिएकाले १५ अगस्ट सम्म नाम दर्ता गरिसक्न अपेनले सूचित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड