Matra Education आइतबार, साउन १० २०८३

यसरी दिनुहोस् शिक्षक सेवा आयोग निमावी लाइसेन्सको आवेदन

यसरी दिनुहोस् शिक्षक सेवा आयोग निमावी लाइसेन्सको आवेदन

  • मात्र एजुकेशन
  • बिहिबार, साउन ११ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको दरखास्त फाराम खुलाएको छ।

आयोगले बिहीबार एक सूचना जारी गर्दै न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत अनलाइन दरखास्त पेस गर्नका लागि सूचित गरेको हो।

उम्मेदवारहरूले आयोगको तोकेको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना. न्यूनतम योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र स्क्यान गरी तोकिएको दस्तुर तिरेर फारम भर्नुपर्नेछ। यस्ता कागजातहरू एक पटक राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन वा संशोधन तथा थपघट गर्न नसकिने हुँदा व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिन आयोगले सूचित गरेको छ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड