Matra Education आइतबार, साउन १० २०८३

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक बन्ने हो ? यता छ है अवसर

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक बन्ने हो ? यता छ है अवसर

  • मात्र एजुकेशन
  • आइतबार, साउन ७ २०८०


काठमाडौँ- राजधानीको बूढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरेको छ । बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका शिक्षकहरूले साउन १७ गतेभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।

आधारभूत तह कक्षा (१–५) को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै आधारभूत तह कक्षा (१–८) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै माध्यमिक तह कक्षा (१–१०/१२) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको शिक्षकले आवेदन दिन सक्नेछन् ।

सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको शिक्षकले आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड