Matra Education आइतबार, साउन १० २०८३

पढाइमा अब्बल मनास्लु, बास्केटबल खेलाडीका लागि झनै उपयुक्त गन्तव्य

पढाइमा अब्बल मनास्लु, बास्केटबल खेलाडीका लागि झनै उपयुक्त गन्तव्य

  • रमेश लामिछाने
  • शुक्रबार, साउन ५ २०८०


काठमाडौँ- चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले स्थापनाको छोटो समयमै आफूलाई अब्बल शैक्षिक गन्तव्यका रूपमा प्रमाणित गरिसकेको छ। प्रमाणपत्र सँगै जीवनोपयोगी सिप दिनुपर्छ, विद्यार्थीलाई हरेक क्षेत्रको नेतृत्व गर्न सक्ने, प्रतिस्पर्धी र उद्यमशील बनाउनुपर्छ भन्ने मूल मन्त्र लिएर स्थापना भएको यो कलेज आफ्ना यिनै सिद्धान्तहरूका कारण आज पृथक् र सफल छ। स्थापनाको चौथो वर्षमै चाबहिल क्षेत्रकै एक मात्र ‘आइएसओ’ गुणस्तर चिन्ह प्राप्त कलेज बन्न सफल भएको यो कलेजले पढाइमा उत्कृष्ट नतिजा सहित आफ्ना विद्यार्थीहरूलाई प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासको उचित अवसर पनि प्रदान गर्ने गरेको छ। आज हामी त्यही मनास्लु वर्ल्ड कलेजले बास्केटबल खेलमा प्राप्त गरेको सफलतालाई यहाँहरू माझ बाँड्दै छौँ।

त्यसो त मनास्लुको ‘अ होम फर फ्युचर लिडर्स’ अर्थात् भावी नेतृत्वकर्ताको घर भन्ने नाराले नै यो कलेजले कस्ता विद्यार्थी उत्पादन गर्ने लक्ष्य राख्छ भन्ने प्रस्ट बनाउँछ। आजका हरेक विद्यार्थी आफ्नो रुचि भएको क्षेत्रमा अब्बल क्षमता राख्दै त्यसको नेतृत्व गर्ने हुनुपर्छ भन्ने मान्यतामा आधारित यो कलेजले विद्यार्थीलाई उनीहरूको प्रतिभा र क्षमता अनुसारको विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न हुने अवसर प्रदान गर्ने गरेको छ। त्यसैले त गायन, नृत्य सहित खेलकुदका विभिन्न प्रतियोगिताहरूमा मनास्लुले लोभलाग्दो सफलता हात पार्ने गरेको छ। पछिल्लो समय बास्केटबलका प्रायजसो सबै प्रतियोगिताका उपाधि मनास्लुले आफ्नो पोल्टामा पारेको छ। यी सबै अवस्था विश्लेषण गर्दा मनास्लु गुणस्तरीय शिक्षा सँगै आफ्नो क्षमता विकास गर्न चाहने विद्यार्थीको पहिलो रोजाइ बनेको देखिन्छ। अझ विशेष गरी बास्केटबल पारखीहरूका लागि त यो कलेज सर्वोत्कृष्ट छनोट हुनसक्छ भन्दा अति उक्ति नहोला !

प्रसङ्ग सुरु गरौँ गत जेठमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको ‘मदन भण्डारी कप दोस्रो खुला बास्केटबल प्रतियोगिता’ बाट। कीर्तिपुर कभर्डहलमा सम्पन्न उक्त प्रतियोगिताको पुरुषतर्फको उपाधि मनास्लु वर्ल्ड कलेजले जितेको थियो। फाइनलमा मनास्लुले त्रिभुवन आर्मीलाई ८६–६६ स्कोरले पराजित गर्दै उपाधि हात पार्दा १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको थियो। प्रतियोगितामा मनास्लुकै जय दीपले मोस्ट भ्यालुएबल प्लेयर उपाधि हात पारेका थिए।

केही दिन अघि मनास्लुले आफ्नै घरेलु कोर्टमा आयोजना गरेको ‘तेस्रो मनास्लु एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता’ को उपाधि पनि मनास्लु आफैँले जित्यो । १६ छात्र टिमले प्रतिस्पर्धा गरेको यो एक दिने लिग कम नकआउट प्रतियोगिताको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले हराउँदै उपाधि यात्रा सुरक्षित गरेको थियो। प्रतियोगितामा मनास्लुकै तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ बन्न सफल भए।

मनास्लु कप मात्रै होइन मनास्लुको बास्केटबल टिमले ११ वटा एसइई कप यो वर्ष जितिसकेको छ। ग्राण्डि सपोर्ट सेन्टरले आयोजना गरेको ‘थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता’ पनि मनास्लुले जितेको थियो। यो खेलमा मनास्लुका कोसिस भुजेल ‘मोस्ट भेलुएबल प्लेयर’ बने।

त्यस्तै लुम्बिनी एकेडेमी चाबहिलले आयोजना गरेको ‘एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता’ को उपाधि पनि यो वर्ष मनास्लुकै पोल्टामा पर्‍यो। यो खेलमा मनास्लुका पेम्बा बोम्जन ‘मोस्ट भेलुएबल प्लेयर’ बने।

प्रिमियर इन्टरनेसनल कलेजले आयोजना गरेको ‘फाइभ बाइ फाइभ बास्केटबल कप प्रतियोगिता’ मा रनर अप बनेको मनास्लु वर्ल्ड कलेजले गुह्येश्वरी माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न ‘गुह्येश्वरी थ्री बाइ थ्री बास्केटबल कप प्रतियोगिताको भने उपाधि जित्यो।

गोल्डेन गेट इन्टरनेसनल कलेजले आयोजना गरेको ‘गोल्डेन गेट थ्री बाइ थ्री बास्केटबल कप प्रतियोगिता’ मा पनि मनास्लुले अपेक्षित सफलता हात पर्‍यो। यो प्रतियोगिताको फाइनलमा ग्राण्डि स्पोर्ट सेन्टरलाई पराजित गर्दै उपाधि हात पर्दा मनास्लुका कोसिस भुजेल ‘मोस्ट भेलुएबल प्लेयर’ बने।

त्यस्तै माइलस्टोन एकेडेमीको आयोजनामा सम्पन्न ‘माइलस्टोन फाइभ बाइ फाइभ बास्केटबल कप प्रतियोगिता’ मा मनास्लुलाई अर्को सफलता मिल्यो। यो खेलमा कलेजले उपाधि पाउँदा पेम्बा बोम्जन ‘मोस्ट भेलुएबल प्लेयर’ बन्न सफल भए।

मनास्लु पब्लिक कलेज नयाँ बजारले आयोजना गरेको ‘थ्री बाइ थ्री बास्केटबल कप प्रतियोगिता’ मा रनर अप मा चित्त बुझाएको मनाल्सु बास्केटबल टिमले सूर्योदय कलेज सेतोपुलको आयोजना सम्पन्न बास्केटबल कप प्रतियोगितामा भने उपाधि चुम्यो। यो खेलमा मनास्लुका निरन लामा ‘मोस्ट भेलुएबल प्लेयर’ बने।

यसैगरी नेपालय कलेजले आयोजना गरेको ‘थ्री बाइ थ्री बास्केटबल कप प्रतियोगिता’ र प्राइम कलेज नयाँबजार द्वारा आयोजित ‘थ्री बाइ थ्री बास्केटबल कप प्रतियोगिता’ मा मनास्लु रनर अप बन्न सफल भयो।

के छ मनास्लुको बास्केटबल टिममा ?
मनास्लुको यो सफलताको पछाडि कलेजले खेलाडीहरूलाई दिने तालिम, उत्प्रेरणा र उपयुक्त वातावरणको ठुलो हात छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बास्केटबल कोर्ट कलेजमा व्यवस्था गरिएको छ। त्यस्तै कलेजले यो खेलमा रुचि भएका र प्रतिभा भएकाहरूलाई प्रोत्साहन गर्न विभिन्न छात्रवृत्तिको समेत व्यवस्था गरेको छ। अझै महत्त्वपूर्ण त कलेजले खेल सिकाउनका लागि यो विषय बुझेका दक्ष प्रशिक्षक नियुक्त गरेको छ।

मनास्लुका बास्केटबल प्रशिक्षक सुनिल योञ्जन लामो समयदेखि खेलकुदमा आबद्ध छन्। विद्यालय जीवन देखि नै खेलकुदमा अब्बल उनले बास्केटबल खेलेकै कारण काठमाडौँको एउटा प्रतिष्ठित निजी कलेजमा निःशुल्क पढेका हुन्। आफू सफल खेलाडी भएको र त्यसकै आधारमा आफ्नो प्रशिक्षण बाट दक्ष खेलाडी उत्पादन गर्न सकेकोमा गौरव महसुस गर्ने गरेको उनी बताउँछन्। यो वर्ष जस्तै विगतका वर्षहरूमा पनि आफूले नेतृत्व गरेको यो टिमले नै सर्वाधिक प्रतियोगिताहरू जितेको उनको दाबी छ। रामेछाप जिल्ला बास्केटबल क्लबको अध्यक्ष समेत रहेका योञ्जन मनास्लु वर्ल्ड कलेजले दिने वातावरण नै आफूहरूको जितको सबैभन्दा ठुलो आधार भएको धारणा राख्छन्। त्यसबाहेक आज टिममा रहेका खेलाडीहरूलाई सुरुबाटै आफूले प्रशिक्षण दिएको, खेलाडीहरू मेहनती र समर्पित भएको, शारीरिक रूपमा तन्दुरुस्त भएको, विद्यालय तहमै उपत्यकाका उत्कृष्ट बनेका खेलाडीहरू भएको र प्रशिक्षकले सिकाएका सीपहरू सजिलै सिक्ने खेलाडीहरू बहेका कारण आफूहरूको जित सुनिश्चित हुने गरेको उनको भनाइ छ।

मनास्लु वर्ल्ड कलेजले प्लस टु मा धमाधम भर्ना लिइरहेको छ। थप बुझ्न मात्र एजुकेसनले तयार गरेको यो सामग्री पढ्नुहोस्  वा यहाँ क्लिक गरेर कलेजको फेसबुक पेज सँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड