Matra Education आइतबार, साउन १० २०८३

माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा भदौमा हुने

माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा भदौमा हुने

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन ५ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले शुक्रवार एक सूचना जारी गर्दै आफ्नो वेबसाइट मार्फत कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार भाद्र महिनामा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको सामान्य परीक्षा सञ्चालन गर्नेछ भने असोज कार्तिक सम्म नतिजा प्रकाशित गरिसक्नेछ । त्यस्तै माध्यमिक तहको कार्तिक मङ्सिर, निम्न माध्यमिक तहको फागुन/चैत र प्राथमिक तहको आगामी असार सम्म खुला परीक्षाको नतिजा प्रकाशित गरिसक्ने लक्ष्य आयोगको छ। यी सबै प्रक्रिया सकेर सिफारिस गरेको एक महिना भित्र करार सुची प्रकाशित हुने आयोगले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड