Matra Education आइतबार, साउन १० २०८३

जोरपाटी क्षेत्रमा प्लस टु का लागि लोकप्रिय शैक्षिक गन्तव्य ‘सर्वनाम कलेज’

जोरपाटी क्षेत्रमा प्लस टु का लागि लोकप्रिय शैक्षिक गन्तव्य ‘सर्वनाम कलेज’

  • मात्र एजुकेशन
  • मंगलबार, साउन २ २०८०


काठमाडौँ- गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) परीक्षाको नतिजा केही दिनअघि प्रकाशित भएको छ। नतिजा पश्चात् यतिबेला एसइई उत्तीर्ण गरेका विद्यार्थीहरू आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन्। खासगरी एस.इ.इ पछिको पढाइले व्यक्तिको आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा यो छनोट महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा के पढ्ने, कस्तो संस्थामा पढ्ने, कुन विषय पढ्दा के हुन्छ लगायतका जिज्ञासा विद्यार्थीहरूमा रहेको हुन्छ। त्यसमा पनि आफ्नो शैक्षिक भविष्यको मार्गचित्र कोर्न कुन संस्था उपयुक्त होला भन्ने कौतुहलता अधिकांश विद्यार्थीमा रहेको हुन्छ। त्यही प्रश्नको उत्तर खोज्ने क्रममा मात्र एजुकेसनले एउटा उत्कृष्ट प्लस टु कलेजको बारेमा यो सामग्री तयार पारेको छ।

राजधानीको जोरपाटी स्थित नयाँ बस्तीमा अवस्थित छ सर्वनाम कलेज। शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका र विगत लामो समयदेखि यही क्षेत्रमा क्रियाशील रहेका अध्यापकहरूको व्यवस्थापनमा यो कलेज सञ्चालित छ । गोकर्ण, चाबहिल, कपन, बौद्ध, जोरपाटी, थली आदि जुन सुकै स्थानबाट आउँदा पनि पायक पर्ने यो कलेजको शैक्षिक र भौतिक वातावरण पनि उत्तिकै लोभलाग्दो छ। आफ्नै खाले विशेषता बोकेको यो कलेजले जोरपाटी क्षेत्रमा आफ्नो छुट्टै मौलिक पहिचान बनाएको छ।

२१ औँ शताब्दीको विश्व परिवेश सुहाउँदो शिक्षामा जोड दिएको सर्वनाम कलेजले आफूलाई अब्बल र उत्कृष्ट साबित गर्नका लागि व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिने गरेको छ। विद्यार्थीहरूको चासो र मनोविज्ञान बुझेर सोही अनुसार शिक्षण सिकाइ गर्ने यस कलेजले विद्यार्थी केन्द्रित शैक्षिक पद्धति अवलम्बन गरेको छ। प्रयोगात्मक शिक्षण सिकाई,आइटीको प्रयोग र त्यस सम्बन्धी ज्ञान प्रदान, शिक्षक र विद्यार्थीको बिचमा ‘टु वे कम्युनिकेसन’ (दोहोरो सञ्चार), उत्कृष्ट र जेहनदार विद्यार्थीलाई हौसला प्रदान गर्नको लागि छात्रवृत्ति वितरण, ‘प्रिजेन्टेशन’ सहितका कक्षाहरू आदि सर्वनामका अन्य विशेषताहरू हुन्। यस बाहेक सर्वनामको अर्को ठुलो विशेषता भनेको त्यहाँ अध्ययन गरेका विद्यार्थीहरूको सन्तुष्टि हो। त्यसैले त ठुला विज्ञापन र प्रचार प्रसार बिना नै तिनै विद्यार्थीहरूको सिफारिसमा नयाँ विद्यार्थीहरू उल्लेख्य सङ्ख्यामा भर्ना हुने गरेका छन्।

  

आज लिएको शिक्षा भोलि गएर केबल प्रमाणपत्रमा मात्रै सीमित नहोस् भन्नका लागि सिपमूलक र जीवनोपयोगी शिक्षा प्रदान गर्दै आइरहेको यस कलेजमा व्यवस्थापन,मानविकी, शिक्षा र कानुन संकाय संचालित छन् । साथै यस कलेजले अब केही समय पश्चात् विज्ञान संकायमा पनि शिक्षा प्रदान गर्ने जमर्को गरेको छ । हुन त सबै संकायमा विद्यार्थीहरूको उपस्थिति राम्रै रहेको भए पनि यो कलेजमा अन्य संकायमा भन्दा पनि व्यवस्थापन संकायमा विद्यार्थीहरूको बढी आकर्षण रहेको छ । नेपाल होस् या विदेश, अहिलेको समय प्रविधि मैत्री र व्यवसाय केन्द्रित जनशक्ति खोज्ने समय भएको र त्यो सबै व्यवस्थापन संकायमा पाइने हुँदा पनि अलि बढी चाप बढेको प्रधानाध्यापक दुर्गानाथ सिवाकोटी बताउँछन्।

विद्यार्थीहरूको आकर्षणलाई ध्यानमा राख्दै यो कलेजले विभिन्न प्रकारका कार्यक्रमहरूलाई व्यवहारिक तवरबाट लाने गरेको छ । विद्यार्थीहरूको शैक्षिक क्षेत्रको विकासको साथ साथै उनीहरूको प्रतिभा प्रस्फुटनका लागि एकोहोरो रूपमा सैद्धान्तिक ज्ञान मात्रै लाद्ने भन्दा पनि पढीसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र सिपमूलक काम गर्न सक्ने शिक्षा सर्वनामको प्राथमिकतामा पर्छ । त्यसका लागि विद्यार्थीहरूको इच्छा र चाहानालाई बुझ्ने अनि गीतसङ्गीत, वादविवाद, फुटबल, बास्केटबल, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू समय समयमा कलेजले सञ्चालन गर्दै आइरहेको छ ।

क्षमतावान् अध्यापकहरू र व्यवस्थापन पक्षको राम्रो सहकार्यका कारण पनि यस कलेजले शैक्षिक क्षेत्रमा व्यापक सफलता हासिल गरेको छ । उपयुक्त शुल्कमा शिक्षण गराउँदै आएको कलेजले शुल्ककै कारण शिक्षाको उज्यालो ज्योति बाट कोही पनि वञ्चित हुन नपरोस् भनेर विभिन्न किसिमका छात्रवृत्तिको पनि व्यवस्था गरेको छ।

 

यसरी हेर्दा विद्यार्थीहरूलाई जुनसुकै क्षेत्रमा अव्वल र उत्कृष्ट बनाउने, ज्ञान ,सिप र जीवनोपयोगी शिक्षा प्रदान गर्ने र उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य नागरिक बनाउने सर्वनाम कलेज तपाईँका लागि पनि उपयुक्त शैक्षिक गन्तव्य हुनसक्छ।

तपाईँ थप जानकारी लिनका लागि यहाँ क्लिक गरेर सर्वनामको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड