Matra Education आइतबार, साउन १० २०८३

तेस्रो रिलायन्स निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक, यति धेरैले पाए पुरस्कार र छात्रवृत्ति

तेस्रो रिलायन्स निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक, यति धेरैले पाए पुरस्कार र छात्रवृत्ति

  • मात्र एजुकेशन
  • बुधबार, असार २७ २०८०


काठमाडौँ- सरस्वतीनगर चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको आयोजनामा सम्पन्न तेस्रो रिलायन्स खुला निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। देशभर बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरिएको थियो । केही वर्ष अघि देखि नियमित हुँदै आएको यो प्रतियोगिताको तेस्रो संस्करणको नतिजा हिजो सार्वजनिक गरिएको हो। जेठ १ गते देखि असार ५ गते सम्म “सामाजिक सञ्जाल : संस्कृति र विकृति” शीर्षकमा निबन्ध लेखेर इमेलमा पठाएका देशभरका ३७७ जना विद्यार्थी मध्ये उत्कृष्ट १३ जना पुरस्कृत भएका छन्।

मात्र एजुकेसनलाई प्राप्त नतिजा विवरण अनुसार ओखलढुंगा स्थित लालीगुराँस स्कुलका रोशन थापाले प्रथम स्थान हासिल गर्दै नगद पन्ध्र हजार सहित रिलायन्समै कक्षा ११ पढ्नका लागि भर्ना र ट्युसन फि मा शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन्। त्यस्तै पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुल कपनका संगम कार्कीले दोस्रो स्थान हासिल गर्दै नगद दश हजार सहित कक्षा ११ पढ्नका लागि निःशुल्क भर्ना र ९ महिनाको ट्युसन फि छुट पाएकी छिन् भने गोकर्ण काठमाडौँ स्थित स्वर्ण शिक्षा स्कुलकी अनिशा श्रेष्ठले नगद ६ हजार सहित कक्षा ११ पढ्नका लागि निःशुल्क भर्ना र ६ महिनाको ट्युसन फि छुट पाएकी छिन्। यसै गरी सान्त्वना पुरस्कार प्राप्त गर्ने विभिन्न विद्यालयका १० जना विद्यार्थीहरूले नगद रु २५०० सहित कक्षा ११ को भर्नामा ५०% छुट र दुई महिनाको ट्युसन फि छुट प्राप्त गरेका छन्। सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरू मिङमा शेर्पा, सम्पूर्ण भुजेल, समीर खरेल, सुदिन कैनी, कृषा लामा, आरजु अर्याल, सुजिता घले, सरु आर्यन, प्रसना तामाङ, अपेक्षा भण्डारी रहेका छन् ।

चाबहिलमा उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाउन सफल रिलायन्स इन्टरनेसनल एकेडेमीले प्लस टु का लागि नयाँ भर्ना खुला गरेको छ। प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषय अध्यापन गराउने यो संस्थाले स्नातक तहमा बिए, बिबिएस, बिसिए अध्यापन गराउँछ भने स्नातकोत्तर तहमा एमबीएस अध्यापन गराउँछ। थप जानकारीका लागि यहाँ क्लिक गरेर रिलायन्सको फेसबुक पेज सँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड