काठमाडौँ- चाबहिल स्थित रिभेरा इन्टरनेसनल एकेडेमीले यो पटक पनि उत्कृष्ट नतिजा सहित आफूलाई अब्बल विद्यालय साबित गरेको छ। गत बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले रिभेरामा हुने शिक्षण सिकाइ बारे प्रस्ट बोलेको हो। नतिजा अनुसार दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् भने सबैभन्दा कम ल्याउनेको नतिजा नै जिपिए ३ रहेको छ।
मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार अनीश थापा र प्रगति पौडेलले जिपिए ४ प्राप्त गरेका छन्। त्यस्तै १ जनाले ३.९५ जिपिए प्राप्त गर्दा ६ जनाले ३.९ जिपिए प्राप्त गरेका छन्। रिभेरामा ३.६ देखि ४ जिपिए ३२ जना, ३.२ देखि ३.६ १५ जना, ३ देखि ३.२ जिपिए प्राप्त गर्ने ३ जना रहेको छ। समग्रमा हेर्दा रिभेराको यो नतिजा उपत्यकाकै केही उत्कृष्ट नतिजाहरू मध्ये एक रहेको देखिएको छ।
आफ्नो क्षेत्रमा उत्कृष्ट विद्यालयको पहिचान बनाएको रिभेराले एसइईमा मात्रै होइन प्लस टु तहमा पनि त्यस्तै नतिजा निकाल्ने गरेको छ। रिभेराका प्रिन्सिपल प्रज्वल कोइराला ६ वर्षदेखि प्लस टु मा पहिलो पटकमै शत प्रतिशत नतिजा प्राप्त भइरहेको बताउँछन्। सोही कारण रिभेरा एक उत्तम शैक्षिक संस्था भएको उनको भनाई छ।
