Matra Education आइतबार, साउन १० २०८३

साढे २२ हजार विद्यार्थीले एसइईमा ल्याए ३.६० देखि ४ जिपिए

साढे २२ हजार विद्यार्थीले एसइईमा ल्याए ३.६० देखि ४ जिपिए

  • मात्र एजुकेशन
  • बिहिबार, असार २१ २०८०


काठमाडौँ— राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड (३.६० देखि ४ जीपीए) ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो ।

यसैगरी कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो ।

कार्यालयले एसईई परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड