Matra Education आइतबार, साउन १० २०८३

अदालतको आदेशपछि हिसानको शैक्षिक मेला पुनः सुरु

अदालतको आदेशपछि हिसानको शैक्षिक मेला पुनः सुरु

  • मात्र एजुकेशन
  • शुक्रबार, असार ८ २०८०


काठमाडौँ- उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आयोजना गरेको शैक्षिक मेला आज बाट पुनः सुरु भएको छ। गत जेठ ३२ गते सुरु भएको मेला काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा प्रकाशन नै नभई आयोजना गरिएको भन्दै बन्द गराएको थियो । आयोजक हिसान यो निर्णय विरुद्ध अदालत पुगेको थियो।

बुधवार मात्रै उच्च अदालत पाटनले महानगरलाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपश्चात् आज शुक्रवार पुनः मेला सुचारु गरिएको हो ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ मेला आयोजना गरिएको हो। नेपालमा नै विदेशको भन्दा उत्कृष्ट, गुणस्तरीय प्राविधिक तथा सैद्धान्तिक शिक्षा पाइने विश्वास विद्यार्थीहरूमा दिलाउन मेला आयोजना गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड