Matra Education बुधबार, कार्तिक ११ २०८३

नेसनल प्याब्सन केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक रारामा सम्पन्न

नेसनल प्याब्सन केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक रारामा सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, असार ४ २०८०


काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( नेसनल प्याब्सन ) केन्द्रीय समितिको दुई दिने तेस्रो पूर्ण बैठक मुगुको रारामा सम्पन्न भएको छ। बैठक सँगै आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेसनल प्याब्सन त्यहाँ पुगेको हो।

बैठकमा साङ्गठनिक, आर्थिक र उपाध्यक्षहरू संयोजक रहेको विभिन्न समितिले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरी निर्णयका लागि सर्वसम्मत पारित गरेको छ । यही भाद्र र मङ्सिरको अन्तिम साता भित्र दुई चरणमा सम्पूर्ण जिल्लाका अधिवेशन सम्पन्न गरिने र राष्ट्रिय प्रतिनिधि परिषद् भेला असोजको अन्तिम सातामा सम्पन्न गर्ने लगायतका निर्णयहरू गरिएको महासचिव पारसमणि दाहालले जानकारी दिए।

विद्यालय स्तरीय नयाँ पाठ्यक्रम, तालिम, संगठन निर्माण र स्थानीय तहमा भएको विभिन्न चुनौती समस्या र त्यसको समाधानका लागि शीघ्र कार्यविधि बनाई अघि बढ्ने कुरा बैठकमा केन्द्रीय अध्यक्ष पाण्डव हमालले जानकारी गराए। अन्तिम दिन शनिवार नेपालको गौरव नेपालीको पहिचान राष्ट्रिय झन्डा र नेसनल प्याब्सनको झन्डालाई संयुक्त फहराउँदै ग्रेट नेपालको नक्सा राखी ‘रातो र चन्द्र सूर्य जंगि निशान हाम्रो’ बोलको रास्ट्रीय गितमा रारा ताल नजिक सामूहिक प्रदर्शन गरी समापन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड