Matra Education आइतबार, साउन १० २०८३

काठमाडौं महानगरले बन्द गरायो भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला

काठमाडौं महानगरले बन्द गरायो भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ ३२ २०८०


काठमाडौँ- भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ।

एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

उनका अनुसार भृकुटीमण्डपमा शैक्षिक मेला हुँदैछ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको थियो।

हामीले कलेजमा लाग्ने शुल्क लगायतका विषय शैक्षिक मेलामा नबताउन भनेका छौ उनले भने, पढाइ हुने विषयबारे मात्र विद्यार्थीहरूलाई जानकारी गराउने शर्तमा भोलिदेखि मेला आयोजना गर्न पाइन्छ भनेका छौं

बिहीबारदेखि नै सुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए। मेलामा ५० भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू भएको बजगाईंले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड