Matra Education आइतबार, साउन १० २०८३

मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३ को दुवै उपाधि साउथ वेस्टर्नलाई

मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३ को दुवै उपाधि साउथ वेस्टर्नलाई

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ ३० २०८०


काठमाडौँ- साउथ वेस्टर्न स्कुल बसुन्धराले ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ मा दुवै उपाधि हात पारेको छ। कक्षा ८ सम्म अध्ययन गर्ने छात्र तथा छात्राको क्षमता अभिवृद्धि गर्दै व्यक्तित्व विकास गर्ने उद्देश्यले फेशन ईराले काठमाडौँमा आयोजना गरेको प्रतियोगितामा विद्यालयले यो सफलता हात पारेको हो।

प्रतियोगितामा किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बि’मा मार्लाेन तामाङ विजेता घोषित भए भने किड्स स्टार इन्टरनेशनल मिस तर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बि’मा प्रिया गुरुङ विजेता चुनिएका हुन्। ग्रुप ‘ए’ तर्फ अर्गनाइजर च्वाइस सुबिज्ञा कुँवर भए। यि सबै विजेताहरू साउथ वेस्टर्नमा अध्ययनरत छन्।आयोजकले विद्यालयका प्रिन्सिपल रमेश अधिकारीलाई पनि कार्यक्रममा सम्मान गरेको थियो। अधिकारीले नेपालकै सबैभन्दा ठुलो यो सौन्दर्य प्रतियोगितामा उत्कृष्ट प्रधानाध्यापक ‘बेस्ट प्रिन्सिपल’ अवार्ड प्राप्त गरेका हुन्।

आयोजकले विजेता विद्यार्थीलाई विभिन्न गिफ्ट तथा पुरस्कारहरु प्रदान गरेको छ । सबै विजेताले अगामी अगस्टमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्य देशका सहभागी सँग भिड्नेछन् ।

साउथ वेस्टर्न स्कुलले यस अघि पनि विभिन्न प्रतिष्ठित अवार्ड तथा सम्मानहरू प्राप्त गरिसकेको छ। गुणस्तरीय शिक्षा प्रदान गरेर हजारौँ विद्यार्थीलाई सुनौलो भविष्य कोर्न सफल बनेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा संस्थाले सम्मान प्राप्त गरेको हो। साउथ वेस्टर्न आइ.एस.ओ ९००१: २०१५ क्युएमएस प्रमाणित स्कुल हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड