Matra Education आइतबार, साउन १० २०८३

निजी विद्यालयले टेरेनन् महानगरलाई, ३४२ विद्यालय द्वारा छात्रवृत्ति दिन अटेर

निजी विद्यालयले टेरेनन् महानगरलाई, ३४२ विद्यालय द्वारा छात्रवृत्ति दिन अटेर

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ २३ २०८०


काठमाडौँ- काठमाडौँ महानगरपालिका भित्र सञ्चालित ३४२ वटा निजी विद्यालयहरूले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गरेको पाइएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यस्ता विद्यालयको सूची सार्वजनिक गरेर सो बारे जानकारी दिएको हो।

महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। तर अधिकांशले सो विवरण बुझाए पनि यी ३४२ वटा विद्यालयले भने विवरण नबुझाएका हुन्।

महानगरले ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समय सीमा दिएको छ भने त्यसो नगरे काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड