काठमाडौं- सरकारले बाल शिक्षालाई उच्च प्राथमिकता दिँदै विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम सुरु गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आधारभूत शिक्षा अन्तर्गत बाल शिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताए ।
प्रारम्भिक बाल विकास केन्द्रको नक्शाकंन गरी पुनर्वितरण गरिने उनले घोषणा गरेका छन् । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने छ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उनले बताएका छन् ।
हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री महतले बताए । मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए ।