काठमाडौँ- आगामी आर्थिक वर्षको लागि सरकारले शिक्षामा १ खर्ब ९७ अर्ब २९ करोड छुट्ट्याएको छ।
सोमबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गरेका अर्थमन्त्री डा. प्रकाशसरण महतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि उक्त बजेट विनियोजित गरेको बताएका हुन् ।
विनियोजित बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।