काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खोलेको छ। आइतबार एक सूचना जारी गर्दै आयोगले वैशाख २९ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो।
उम्मेदवारहरूले आयोगको तोकेको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना. न्यूनतम योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र स्क्यान गरी तोकिएको दस्तुर तिरेर फारम भर्नुपर्नेछ। यस्ता कागजातहरू एक पटक राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन वा संशोधन तथा थपघट गर्न नसकिने हुँदा व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिन आयोगले सूचित गरेको छ।
आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
