काठमाडौँ- सरस्वतीनगर चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको आयोजनामा तेस्रो रिलायन्स खुला निबन्ध प्रतियोगिता आयोजना हुने भएको छ। देशभर बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थी सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालय प्रशासनले जनाएको छ। केही वर्ष अघि देखि नियमित हुँदै आएको यो प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुन लागेको हो।
यो वर्ष प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले आगामी जेठ १ गते देखि असार ५ गते सम्म “सामाजिक सञ्जाल : संस्कृति र विकृति” शीर्षकमा निबन्ध लेखेर इमेलमा पठाउनुपर्नेछ। निबन्ध २०० देखि २५० शब्दसम्मको हुनुपर्नेछ भने निबन्ध पठाउँदा आफ्नो पुरा विवरण (नाम, स्कुलको नाम,जिल्ला , प्रदेश , आफ्नो फोन नम्बर) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने नियम छ। निबन्ध नेपाली वा अङ्ग्रेजी कुनै पनि भाषामा लेख्न पाइनेछ।
प्रतियोगितामा विजय हुने विद्यार्थीलाई विद्यालयले छात्रवृत्ति र आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रथम स्थान हासिल गर्नेले नगद पन्ध्र हजार सहित रिलायन्समै कक्षा ११ पढ्नका लागि भर्ना र ट्युसन फि मा शत प्रतिशत छात्रवृत्ति पाउनेछन्। दुवै जोड्दा यो पुरस्कार करिब १ लाख ५ हजार बराबर हुन्छ। त्यस्तै दोस्रो स्थान हासिल गर्नेले नगद दश हजार सहित कक्षा ११ पढ्नका लागि निःशुल्क भर्ना र ९ महिनाको ट्युसन फि छुट पाउनेछन्। तेस्रो स्थान हासिल गर्नेले नगद ६ हजार सहित कक्षा ११ पढ्नका लागि निःशुल्क भर्ना र ६ महिनाको ट्युसन फि छुट पाउनेछन्। दोस्रो पुरस्कार करिब ८५ हजार र तेस्रो पुरस्कार करिब ७५ हजार रुपैंयाको हुनेछ। यसैगरी प्रतियोगितामा भाग लिने १० जनाले करिब १८ हजार बराबरको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको नतिजा असार २५ गते घोषणा गरिनेछ।
रिलायन्स इन्टरनेसनल एकेडेमी चाबहिलमा उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाउन सफल संस्था हो। प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषय अध्यापन गराउने यो संस्थाले स्नातक तहमा बिए, बिबिएस, बिसिए अध्यापन गराउँछ भने स्नातकोत्तर तहमा एमबीएस अध्यापन गराउँछ। थप जानकारीका लागि यहाँ क्लिक गरेर रिलायन्सको फेसबुक पेज सँग जोडिनुहोस्।