काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरूलाई प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ।
हिजो बिहीबार एक सूचना जारी गर्दै आयोगले प्रवेश पत्र प्रिन्ट गर्न सकिने जनाएको हो। दरखास्त फाराम भर्ने उम्मेदवारहरूले फारम भर्दा प्रयोग गरिएको इमेल र पासवर्ड बाट लगइन गरेर दरखास्त पेस गरेको विवरणहरूमा क्लिक गरी ‘भ्यु’ मा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने आयोगले जनाएको छ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्र सहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तै नागरिकता वा अध्यापन अनुमति पत्र वा सवारी चालक अनुमति पत्र वा राहदानी अनिवार्य रूपमा साथमा ल्याउन समेत आयोगले अनुरोध गरेको छ।
प्राथमिक तहको प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना हेर्नुहोस्:
