Matra Education आइतबार, साउन १० २०८३

अब कक्षा १२ मा दुईभन्दा बढी विषयमा फेल भए पनि ग्रेड वृद्धि परीक्षा दिन पाइने

अब कक्षा १२ मा दुईभन्दा बढी विषयमा फेल भए पनि ग्रेड वृद्धि परीक्षा दिन पाइने

  • मात्र एजुकेशन
  • बिहिबार, बैशाख २१ २०८०


काठमाडौं- अब कक्षा १२ मा दुईभन्दा बढी विषयमा फेल भए पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिकाको ग्रेडवृद्धिसम्बन्धी प्रावधान संशोधनका लागि शिक्षा मन्त्रालयमा पठाएर यस्तो व्यवस्था गर्न लागेको हो। यसअघि २ भन्दा बढी विषयमा फेल भए पुन: सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । अब भने विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यसरी परीक्षा दिने विद्यार्थीले तीन वर्षभित्र सबै विषयमा तोकिएको ग्रेड प्राप्त गर्नुपर्नेछ ।

परीक्षा बोर्डका अनुसार हरेक वर्ष कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदै आएका छन् । तीमध्ये ६० हजारभन्दा बढी विद्यार्थी दुईभन्दा बढी विषयमा फेल हुन्छन् । त्यस्ता विद्यार्थी अर्को वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुनुपर्ने बाध्यता थियो । जसले गर्दा धेरै विद्यार्थीले पढाइ नै छाड्ने गरेका थिए । अब भने अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइने व्यवस्था गर्न लागिएको हो ।

लेटर ग्रेडिङ निर्देशिकाको ग्रेड वृद्धिसम्बन्धी व्यवस्था एक वर्षमै संशोधन गर्न लागिएको हो । यो नयाँ व्यवस्थाले १२ कक्षा उर्तीण हुन नसकेकै कारण पढाई छोड्ने विद्यार्थीको संख्यामा कमी आउने अपेक्षा सरकारको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड