Matra Education आइतबार, साउन १० २०८३

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख १९ २०८०


काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयु) ले दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग गरेको छ। आज १९ गते मंगलबार बाट खुलेको आवेदन आगामी जेठ ५ गते सम्म कायम रहनेछ। समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन पाउनेछन् ।

विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोह (दोस्रो चरण ) २०८० जेठ महिनाको चौथो सातामा आयोजना गर्ने तयारी भएको जनाएको छ। आवेदन दिन योग्य विद्यार्थीहरूले अनलाइन मार्फत आवेदन दिन सक्ने विश्वविद्यालय द्वारा जारी सूचनामा उल्लेख छ।

विश्वविद्यालयका सबै (स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स, मेडिकल साइन्स, ल ) हरूबाट उत्तीर्ण विद्यार्थी समारोहमा भाग लिन पाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड