Matra Education आइतबार, साउन १० २०८३

‘द कलर अफ स्प्रिङ’ अब पाठकको हातमा

‘द कलर अफ स्प्रिङ’ अब पाठकको हातमा

  • मात्र एजुकेशन
  • बिहिबार, बैशाख १४ २०८०


काठमाडौं- युवा कवि कुमा राज सुबेदीको ‘ द कलर अफ स्प्रिङ ‘ नामक अंग्रेजी कविता संग्रह लोकार्पण भएको छ । प्रतिनिधि सभा सदस्य एवम् उप-सभामुख इन्दिरा राना मगरले बुधबार काठमाडौँको अनामनगरमा रहेको निम्तो रेस्टुरेन्टको सभाहलमा सुबेदीको कविता संग्रह लोकार्पण गरेकी हुन्।

चर्चित टिप्पणीकार महेश पौडेलले कविता संग्रहको लोकार्पणपछि समालोचना तथा टिप्पणी गर्दै कविता संग्रहलाई कलात्मक प्रेममय र सामाजिक यर्थाथवादमा आधारीत बौद्धिक प्रेमको रुपमा व्याख्या गरे । प्रेमलाई राम्रोसँग आलोचना वा टिप्पणी गरी चर्चाको विषय बनाउन सकेमा यसले पाठकलाई अझै बढी सचेत र संवेदनशील हुन सघाउने उनले दाबी गरे ।

अर्का समालोचक डा.कोमल फुयालले सुबेदीका कवितामा युवा पुस्ताले गर्ने प्रेमका वारेमा उल्लेख गरिएको बताए । यो समयमा कविले यस प्रकारको कविता संग्रह पाठकमाझ ल्याएर निकै सान्दर्भिक भएको छ,फुयालले भने ।’

उप-सभामुख इन्दिरा राना मगरले सुबेदीका कविता युवापुस्ताको लागि सान्दर्भिक रहेको बताइन् । उनले भनिन् ‘कवितामा कविले प्रेम र मानव स्वास्थ्य प्रति सकरात्मक सन्देश दिएको देखिन्छ । कविले प्रेमको संकट र जटिलता पनि केलाउनु भएको छ । जुन युवाले बुझ्‍न जरुरी छ ।’

सुबेदीको कविता संग्रहलाई साहित्य पोष्टले प्रकाशन गरेको हो । उक्त कार्यक्रममा साहित्यकार एवम् साहित्य पोष्टका प्रधान सम्पादक अस्विनी कोइरालाले अध्यक्षताको आसन ग्रहण गरेका थिए । साहित्य पोष्टले अयोजना गरेको कार्यक्रममा लोकार्पण भएको कविता संग्रहमा ७७ वटा अंग्रजी कविता संलग्न रहेका छन् ।

कविता संग्रह लोकार्पण कार्यक्रममा विभिन्न विधाका साहित्यकार,पत्रकार,शिक्षक तथा बुद्धिजीविहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड