काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले गत चैत १७ गतदेखि २९ गतेसम्म सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु गरिएको जानकारी दिएको छ ।
शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भएको र आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु हुने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै अहिले विद्यार्थीको उत्तरपुस्तिका ५० भन्दा बढी परीक्षण केन्द्रमा जाँच भइरहेको समेत कार्यालयले जनाएको छ ।
चैतमा भएको एसईईको परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए ।
त्यस्तै ५० भन्दा बढी परीक्षण केन्द्रमा उत्तरपुस्तिका जाँच भइरहेको एसईईको नतिजा असारको तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको पनि कार्यालयले जानकारी दिएको छ ।