काठमाडौं- गृह मन्त्रालयले वैशाख ८ गतेदेखि १० गतेसम्म मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वैशाख १० हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ का मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायहरुमा वैशाख ८ गतेदेखि १० गतेसम्म र मतदान हुने दिन वैशाख १० गते सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएकोले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
सूचना हेनूहोस्
