Matra Education आइतबार, साउन १० २०८३

विश्वविद्यालयद्धारा उप-प्रध्यापक पदका लागि आवेदन माग

विश्वविद्यालयद्धारा उप-प्रध्यापक पदका लागि आवेदन माग

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख ८ २०८०


काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयले उप-प्रध्यापक पदका लागि आवेदन माग गरेको छ ।

विश्वविद्यालयले मलेक्युलर ल्याबका लागि एक जना उप–प्राध्यापक, हर्बल प्रोस सिङ युनिटका लागि एक जना उप–प्राध्यापक, ग्य्राजुएट स्कुल अफ हुम्यानिटिज एन्ड सोसल साइन्सका लागि मध्यपश्चिम विश्वविद्यालय वा मान्यता प्राप्त विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी मध्यपश्चिम विश्वविद्यालयको समग्र प्रकाशन तथा अभिलेखीकरणहरूमा अङ्ग्रेजी भाषा सम्पादनका लागि एक जना अङ्ग्रेजी विषयको उप–प्राध्यापक र ग्य्राजुएट स्कुल अफ एजुकेसनका लागि मध्यपश्चिम विश्वविद्यालय वा मान्यता प्राप्त विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी विश्वविद्यालयको समग्र प्रकाशन तथा मा नेपाली भाषा सम्पादनका लागि एक जना नेपाली विषयको उप–प्राध्यापक माग गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय अनुसार कार्यकारी परिषद्द्धारा गठित छनोट समिति मार्फत पदपूर्तिका लागि आवेदन माग गरेको छ । न्युनतम मापदण्ड पुगेका व्यक्तिहरुले प्रथम पटक सूचना जारी भएको मितिले ३५ दिनभित्र अनलाईन फाराम मार्फत आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड