काठमाडौँ- त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुले वैशाख १० गते हुने परीक्षा सारेको छ । कार्यालयले वैशाख १० गते तीन स्थानमा संघीय संसद्को उपनिर्वाचन हुने भएकाले परीक्षा वैशाख १६ गतेलाई सारिएको जनाएको छ।
त्रि.वि.केन्द्रीय परीक्षा संचालक समितिको वैशाख ७ गतेको निर्णय अनुसार व्यवस्थापन संकाय र मानविकी संकायको परीक्षा सारिएको र सारिएको सम्पूर्ण परीक्षा वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । परीक्षा सार्न निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयले अनुरोध गरेका थिए ।
सूचना हेर्नुहोस्
