काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले विभिन्न चार जिल्लाको बढुवा नतिजा पुनरावलोकन गरेको छ । आयोगले धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, दोलखा र चितवन जिल्लाको नतिजा पुनरावलोकन गरेको हो ।
नेपाल सरकार, शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, बागमती प्रदेश, हेटौंडाको सिफारिसमा गत चैत २९ गते विज्ञापन नं. ३/०७८/७९ निम्न माध्यमिक तह, द्वितीय श्रेणीका ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको सिफारिस नामावली प्रकाशित गरिएकामा उक्त सिफारिस नामावली उपर चित्त नबुझी पर्न आएका उजुरीका सम्बन्धमा पूर्व प्रकाशित बढुवा नतिजाको पुनरावलोकन गर्दा यस आयोगको विभिन्न मितिमा निर्णय भए अनुसार देहायका जिल्लाका निम्न माध्यमिक तह द्वितीय श्रेणीको नतिजामा कुनै परिवर्तन नभई यथावत् भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।