काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले परीक्षामा सहभागी हुने उम्मेदवारहरुले परिचय खुल्ने प्रमाणपत्र लिई परीक्षामा सहभागी हुन अनुरोध गरेको छ ।
आयोगबाट मिति २०८०/०१/०९ गते सञ्चालन हुने निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) र त्यसपछि सञ्चालन हुने कुनैपनि परीक्षामा सहभागी हुने उम्मेदवारले प्रवेशपत्रको साथमा अनिवार्य रुपमा आधिकारिक निकायबाट जारी भएको परिचय खुल्ने सक्कलै प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहादानी लिई जान यो सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।
सूचना हेर्नुहोस्
