काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले डोल्पा, हुम्ला र सल्यान जिल्लाको बढुवा नतिजा पुनरावलोकन गरेको छ ।
नेपाल सरकार, शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, कर्णाली प्रदेश सुर्खेतको सिफारिसमा मिति २०७९/१०/ २२ गते ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको सिफारिस नामावली प्रकाशित गरिएकामा उक्त सिफारिस नामावली उपर चित्त नबुझी पर्न आएका उजुरीका सम्बन्धमा पूर्व प्रकाशित बढुवा नतिजाको पुनरावलोकन गरिएको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
आयोगको विभिन्न मितिमा निर्णय भए अनुसार ३ जिल्लाका प्राथमिक तह द्वितीय श्रेणी विज्ञापन नं. ०१/०७८/७९ को नतिजा प्रकाशित गरिएकोले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको आयोगले जनाएका छ ।
सूचना हेर्नुहोस्:
