Matra Education सोमबार, साउन ११ २०८३

पाठ्यक्रम विकास केन्द्रद्धारा अङ्ग्रेजीको पाठ्यपुस्तक सम्पादन (सूचना सहित)

पाठ्यक्रम विकास केन्द्रद्धारा अङ्ग्रेजीको पाठ्यपुस्तक सम्पादन (सूचना सहित)

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख ४ २०८०


काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले कक्षा १० को अनिवार्य अङ्ग्रेजी विषयको एकाइ दुईको ‘फेस्टिवल एण्ड सेलिव्रेसन’ पेज १७ (Unit 2 Festivals and Celebrations, page 17) मा रहेको चित्र सम्पादन गरेको छ ।

शैक्षिक वर्ष २०८० देखि देशभर कार्यान्वयनमा आएको कक्षा १० को अङ्ग्रेजी विषयको पाठ्यपुस्तकमा रहेको चित्रमा मच्छिन्द्रनाथ जात्रा र बिस्का जात्रा (Machhindranath Jatra र Biska Jatra) हुनु पर्नेमा प्राविधिक कारणले अन्यथा हुन गएकाले सम्पादन गरिएको केन्द्रले जनाएको छ ।

सम्पादन गरिएको पुस्तक केन्द्रको वेबसाइटमा राखिएकाले सो अनुसार अध्ययन अध्यापन गर्नु गराउन हुन समेत  केन्द्रले अनुरोध गरेको छ ।

सूचना हेर्नुहोस् 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड