काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि लागि आवेदन माग गरेको छ ।
राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४ बमोजिम विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि न्यूनतम योग्यता पूरा भएका इच्छुक योग्य व्यक्तिले मिति २०८० /०१/०९ गते भित्र न्यूनतम योग्यता सम्बन्धी कागजात तथा प्रमाण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार (कोठा नं ४०७) मा दर्ता गराउन वा यस मन्त्रालयको इमेल rju_VC@moest.gov.np र info@moest.gov.np मा प्रेषित गर्नुहुन यो सूचना प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्