काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले डिप्लोमा र प्रमाणपत्र तहका कार्यक्रमहरूमा अध्ययन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण कार्यक्रम परिवर्तनका लागि स्वीकृति दिइएको सम्बन्धमा एक जरुरी सूचना प्रकाशित गरेको छ ।
मिति २०७९ र १२ र ०५ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार परिषद्का आङ्गिक, साझेदारी, सरकारी र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको अध्ययन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण र कार्यक्रम परिवर्तत गरी स्थानान्तरण गर्नका लागि गत चैत १९ गते सिटिइभिटीको कार्यालयमा निवेदन दर्ता गरेका निवेदनहरूमा परीक्षा नियन्त्रण कार्यालयको सूचना बमोजिम आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूको अन्य शिक्षण संस्थामा स्थानान्तरणका लागि स्वीकृति दिइएको गत चैत ३० गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको सिटिइभिटीले जनाएको छ ।
यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा सम्बन्धित शिक्षालयमा विद्यार्थीहरू भर्ना हुन जानुपर्नेछ ।
साथै अध्ययन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण र कार्यक्रम परिवर्तन गरी अध्ययन गर्न यस कार्यालयमा स्वीकृति पाएका विद्यार्थीहरूले तोकिएको शिक्षण संस्थामा जानकारी गराई कक्षामा सहभागी हुन सक्नेछन् ।
साथै परीक्षा नियन्त्रण कार्यालयबाट निर्णय भएको पत्र तोकिएको शिक्षण संस्थामा इमेल गरी पठाइने सूचनामा उल्लेख छ।
त्यस्तै डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्ड र दोस्रो वर्ष दोस्रो खण्डमा नियमित र आंशिक आवेदन फाराम भरेको शिक्षालयको परीक्षा केन्द्रमा परीक्षा दिनुपर्नेछ ।
यो सूचना www.ctevtexam.org.np मा पनि हेर्न सकिनेछ ।
सूचना हेर्नुहोस् :
