काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका संशोधन गरेको छ ।
डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरु हाल संचालन भइरहेकोमा बैशाख १० गते हुने परीक्षाको दिन चितवन,तनहुँ र बारा जिल्लामा उप निर्वाचन हुने भएकोले उक्त दिनको परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ ।
साथै स्थगित गरिएको परीक्षा बैशाख १५ गते बिहान ७ बजेदेखि तोकिएकै परीक्षा केन्द्रमा सञ्चालन हुने छ ।
यस सम्बन्धी विस्तृत सूचना www.ctevtexam.org.np मा प्रकाशन गरिएको छ ।
सुचना हेर्नुहोस् :
