Matra Education आइतबार, साउन १० २०८३

निमाविको शिक्षकका लागि ७५ हजार बढिको आवेदन

निमाविको शिक्षकका लागि ७५ हजार बढिको आवेदन

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख ३ २०८०


काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तहका लागि माग गरेको १,१६७ शिक्षक पदका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ ।

सबैभन्दा धेरै आवेदन नेपाली विषयमा परेको आयोगले जानकारी दिएको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञानको २९० पदका लागि ३ हजार ८९४ जनाले आवेदन दिएका छन् ।

सामाजिक विषयको १११ पदका लागि १९ हजार ९४१, गणित विज्ञानमा ३५५ पदका लागि १८ हजार ६८ जनाको, संस्कृत भाषाको ४ पदका लागि ३८ जनाको, संस्कृत व्याकरणमा ३ पदका लागि १३ जनाको, संस्कृत कर्मकाण्डको १ पदका लागि ६ जनाको र शुक्लयुजर्वेद एक पदका लागि लागि दुई जनाको आवेदन परेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले यसपटक माग गरिएको संख्या कम भएकोले आवेदन पनि कम परेको बताएका छन् ।

निमावि तहको सामान्यतर्फको परीक्षा आयोगले वैशाख ९ गतेदेखि सञ्चालन गर्दैछ ।

त्यस्तै आयोगले प्रावि तहमा ७ हजार ८८२ शिक्षक माग गरेकोमा आइतबारसम्म ५४ हजार भन्दा बढीले आवेदन दिइसकेका छन् । प्रावि तहको सामान्यत र्फको परीक्षा जेठ २० गते सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड