काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद् तोसिमा कार्कीले त्रुटिपूर्ण कार्यविधिका कारण कम अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति पाउने गरेको बताएकी छन् ।
संसद्को आकस्मिक समयमा बोल्दै सांसद् कार्कीले त्रुटिपूर्ण कार्यविधिका कारण कम अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति पाउने,रोजेको विषय र शिक्षण संस्था पाउने तर,बढी अंक ल्याउने विद्यार्थीले भने न छात्रवृत्ति पाउने र न शिक्षण संस्था रोज्न पाउने अवस्था सिर्जना भएको उनले बताइन् ।
त्यस्तै उनले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको भर्ना प्रक्रिया अस्तव्यस्त बनेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।
‘स्नातकोत्तर तहको विद्यार्थी भर्ना प्रक्रियामा म्याचिङ प्रणालीमा योग्यताक्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो तर,पनि भर्ना प्रक्रिया सच्याइएको छैन । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको परिच्छेद ६ को दफा १६ र १७,चिकित्सा शिक्षा नियमावलीमा योग्यताक्रम अनुसार भर्नाको स्पष्ट व्यवस्था छ । एकीकृत प्रवेश परीक्षाको मुल मर्म नै जान्नेलाई छान्ने हो । कार्कीले भनिन् ।
साथै अदालतबाट उचित आदेश जारी भएपनि भर्ना प्रक्रिया नसच्याइएकोमा आक्रोश व्यक्त गरिन् ।
त्यस्तै नियमावली र ऐनको मर्म मिचिएको भन्दै कम्प्युटर बेस्ट प्रणालीमा म्याचिङ गर्नुपर्ने र भर्ना प्रक्रिया सच्याउनुपर्ने माग सांसद कार्कीको छ ।